एनआईसी एसिया बैंकलाई इक्राको ‘ए’ क्रेडिट रेटिङ

Post Date : July 18, 2017 | 12:36 pm

काठमाडौँ, ३ साउन । एनआईसी एसिया बैंकले इक्रा नेपालबाट उत्कृष्ट गुणस्तरीय इक्रा रेटिङ ‘ए’ प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यावसायिक आधार, पूँजी पर्याप्तता, न्यून जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सालगायत अन्य सम्बन्धित सूचकाङ्कहरूको स्तरको आधारमा ‘ए’ क्रेडिट रेटिङ प्रदान गरिएको हो । ‘ए’ क्रेडिट रेटिङ प्राप्त संस्थाको कर्जा जोखिम औसत रहने तथा कर्जा गुणस्तर रहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *