“छक्का पञ्जा” १० करोड कमाउने पक्का

Post Date : September 22, 2016 | 6:28 pm

काठमाडौं, ६ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको मुख्य लगानी रहेको ‘छक्का पञ्जा’ ले १० करोड रुपैया कमाउने पक्का भएको । भदौ २४ गतेदेखि एकैसाथ प्रदर्शन देशभर भइरहेका उक्त चलचित्रले ५ करोड कमाई सकेको छ ।‘छक्का पञ्जा’ को निर्माण लागत १० लाख रुपैया र विज्ञापन तथा अन्य खर्च ४५ लाख रुपैया समेत जम्मा १ करोड ३५ लाख रुपैया खर्च भएको निर्माण पक्षको भनाई छ ।

अघिल्ला चलचित्र ‘वडा नं. ६’, ‘६ एकान ६’ ले जस्तै छक्का पञ्जाले पनि व्यावसायिक सफलता पाएकोमा यसको टिम दंग परेका छन् । यस चलचित्रको बिषय वस्तु रोजगारीको प्रभाव र यसको असरमा केन्द्रीत छ ।

छक्का पञ्जा निर्देशक दीपाश्री निरौला हुन् भने प्रियन्का कार्की शिवहरी पौडेल, जितु नेपाल, केदार धिमिरे, बुद्धि तामाड लगायतका कलाकारले अभिनय गरेका छन् । यस चलचित्रको सफलताले अन्य निर्मातालाई पनि हौस्याएको छ । नेपाली चलचित्र पनि हिन्दी चलचित्रको दाजोमा चल्न सक्छ, सक्ने छक्का पञ्जा चलचित्रको सफलताले पुष्टी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *