जनता बैंकको ३८ औँ शाखा दमकमा

Post Date : December 15, 2016 | 4:26 pm

काठमाडौँ, ३० मङ्सिर । जनता बैंक नेपाल लिमिटेडले झापा जिल्लाको दमकमा ३८ औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका संचालक केशब बहादुर रायमाझीले गर्नुभएको छ ।

गत आर्थिक वर्ष २०७२।७३ मा बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकले ३८ औँ शाखा, ३० वटा एटिएम, १५ वटा शाखा रहित बैंकिङ्ग इकाई इन्टरनेट तथा मोबाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *