जात्राले दिने भयो दर्शकलाई यस्ता उपहार

Post Date : October 19, 2016 | 3:28 pm

 

काठमाडौं, ३ कार्तिक । कार्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो । जात्रा नेपाली फिल्म फेसबुक पेज लाइक गरेर जो कोहिले उक्त अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसीयल पेजमा रहेको छोटो भिडियोबाट क्लीक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् । उपहार जित्नलाई हजारको नोट समाएर सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा सेयर समेत गर्नु पर्नेछ ।

यसरी हजार समाउनेमध्येबाट हप्ताको एक जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । फिल्म प्रर्दशन हुन ३ साता बाँकी रहेकाले पहिलो हप्ताको विजेताले नायिका वर्षा राउतसँग डेटिङ जान पाउने छन् भने दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग भेट्ने अफर गरिएको छ । योसँगै कार्तिक २४ गते हुने प्रिमियरमा हजारको नोट समाएर पोस्ट सेयर गर्ने ५ जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको २ रात ३ दिनको टुर प्याकेज दिइने जात्रा फिल्मका निर्माता रबिन्द्र सिंह बानीयाले बताएका छन् । यस्तै, एक जानलाई फिल्ममा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनीक स्कुटर उपहारस्वरुप प्रदान गरिनेछ भने अन्य ५ जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ ।

राजधानीबाट टाढा रहेका दर्शकले कलाकार भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट भएपनि कुराकानी गराउने फिल्म निर्माण टोलीको योजना छ । फिल्मका निर्माता बानीयाले भने, “यस अफरका विजेतालाई फिल्म प्रर्दशन हुनु अघि नै उपहार प्रदान गरिने भएकाले ढुक्कसाथ सहभागि बन्न सबैसँग आग्रह गर्छौँ ।”

जत्राको अफरमा सहभागि बन्न यहाँ क्लीक गर्नुहोला ।

https://www.facebook.com/JatraTheFilm/posts/1337765969568253

Leave a Reply

Your email address will not be published. Required fields are marked *