नवाैं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन

Post Date : October 26, 2016 | 2:40 pm

काठमाडौं, १० कार्तिक । नवांै नेफ्टा फिल्म अवार्ड आगामी पुस ८ गते युएई दुबईको नासार लिजरल्याण्डस्थित आइसरिंकमा आयोजना हुने अवार्डमा यसपाली विभिन्न ३१ विधामा उत्कृष्ट पाँच मनोनयन गरिएको छ ।

२०७२ सालभरि सार्वजनिक प्रदर्शन भएका फिल्महरुबीच प्रतिस्पर्धा भई छनौट गरिएको छ । यसपालीको अवार्डमा उत्कृष्ट फिल्मका लागि क्लासिक, कवड्डी कवड्डी, प्रेमगीत, पशुपतिप्रसाद र वडा नं. ६ प्रतिस्पर्धामा छन् । त्यस्तै, उत्कृष्ट निर्देशकको मनोनयनमा क्लासिकबाट निदेश राउत, कवड्डी कवड्डीबाट राम बाबु गुरुङ, प्रेमगीतबाट सुदर्शन थापा, पशुपतिप्रसादबाट दिपेन्द्र के. खनाल र वडा नं. ६ बाट उज्ज्वल घिमिरे छन् ।

यस्तै उत्कृष्ट नायकका लागि क्लासिकबाट आर्यन सिग्देल, फन्कोबाट सौगात मल्ल, होस्टल रिटन्र्सबाट नाजिर हुसेन, कवड्डी कवड्डीबाट दयाहाङ राई र पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने मनोनयनमा परेका छन् ।

उत्कृष्ट नायिकातर्फ फन्कोबाट केकी अधिकारी, प्रेमगीतबाट पूजा शर्मा, रेसम फिलिलिबाट मेनुका प्रधान, को आफ्नोबाट ऋचा शर्मा र क्लासिकबाट नम्रता श्रेष्ठ मनोनयनमा परेका छन् ।

यसवर्ष पपुलर विधामा पाँच फिल्म ड्रिम्स, नाई नभन्नु ल ४, प्रेमगीत, पशुपतिप्रसाद र कवड्डी कवड्डी रहेको छ ।

त्यस्तै पपुलर नायकमा अनमोल के.सी., प्रदिप खड्का, आर्यन सिग्देल, दयाहांग राई र निखिल उप्रेती रहेका छन् भने पपुलर नायिकातर्फ पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, पियंका कार्की र नम्रता श्रेष्ठ छिन् ।

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले यसपालीको अवार्ड भव्य रुपमा सम्पन्न गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *