नागरिक लगानी कोषले व्यावसायिक भवन बनाउने

Post Date : July 25, 2016 | 5:49 pm

काठमाडौं, १० साउन । नागरिक लगानी कोषले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हाल संसद भवन) को पूर्वपट्टि रहेको ६ रोपनी जमीनमा व्यावसायिक भवन बनाउने भएको छ । त्यस स्थानमा केही वर्षअघिदेखि तरकारी बजार संचालनमा रहँदै आएको छ ।

उक्त जमिन केही व्यक्तिले आफ्नो कब्जामा लिन खोजेपछि कोष आफैले उक्त भवन बनाउन नक्सा पास लगायत सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ । कोषले एउटै छातामुनि सबै सुविधा गराउँदा ६ लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुनेछन् ।

नया बन्ने उक्त भवन अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी बनाउने हुँदा यसले दीर्घकालीन रुपमा कोष र सेवाग्राहीलाई लाभ पुग्ने आशा कोषले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *