नेपाल बैंक लिमिटेडको सुन्तलेटार शाखा सञ्चालन

Post Date : December 11, 2016 | 6:17 pm

काठमाडौँ, २६ मङ्सिर । नेपाल बैंक लिमिटेडले विगतमा विस्थापित गरिएका आफ्नो शाखाहरुलाई पुनर्स्थापना गरी ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गरी व्यवसायलाई विस्तारित गर्ने क्रममा स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा आजदेखि सञ्चालन गरेको छ । उक्त शाखा मिति २०४१/०३/२८ गते स्थापना भै बैंकिङ्ग सेवा सुचारु गरेकोमा विगतको द्वन्दकालमा सुरक्षाको कारणले विस्थापित भएको थियो ।

यस सुन्तलेटार शाखा सहित हाल बैंकले १२७ वटा शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *