‘पशुपति प्रसाद’ वर्षको उत्कृष्ट चलचित्र

Post Date : September 8, 2016 | 11:41 am

काठमाडौँ, २२ भदौ । सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ ।

यहाँ आज साँझ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो । चलचित्रका विभिन्न २१ विधामा उत्कृष्ट ठहर भएकालाई पुरस्कृत गर्ने क्रममा वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’ र त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।

त्यस्तै, उत्कृष्ट अभिनेता तथा अभिनेत्री क्रमशः चलचित्र ‘कबड्डी कबड्डी’बाट दयाहाङ राई र ‘क्लासिक’बाट नम्रता श्रेष्ठ घोषित भए । त्यसैगरी अनमोल केसी र रेखा थापाले लोकप्रिय अभिनेता र अभिनेत्रीको पुरस्कार हात पारे भने करिश्मा मानन्धरलाई दशककै उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो । साथै उद्धवराज भट्टराई (जुङ्गे भट्टराई)लाई दीर्घकालीन साधना सम्मानद्वारा पुरस्कृत गरिँदै रु ५१ हजार प्रदान गरियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले पछिल्लो समयमा व्यावसायिक रुपमा उत्कृष्ट नेपाली चलचित्र बन्न थालेको आफूले महसुस गरेको बताउँदै भन्नुभयो, “विगतमा बनेका कतिपय चलचित्रले समाज परिवर्तनमा योगदान पुरयाएका थिए ।”

सोही कार्यक्रममा बलिउड अभिनेता सिन्हाको आत्मवृतान्त ‘एनिथिङ बट खामोस’को नेपाल संस्करणको लोकार्पण गरिएको थियो । आयोजक सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले आमामी वर्षदेखि हरेक वर्षको वैशाख एक गते ‘एलजी फिल्म अवार्ड’ गर्ने आफूहरुको योजना सुनाउनुभयो । रासस

pk/fi6«klt gGbaxfb'/ k'gn] l;g]df ;s{n g]kfnn] a'waf/ cfof]lht …PnhL lkmNd cjf8{Ú sfo{qmddf gflosf sl/idf dfgGw/nfO{ ;Ddfg ub}  . tl:a/ M /f]zg ;fksf]6f,/f;;

उपराष्ट्रपति नन्दबहादुर पुनले सिनेमा सर्कल नेपालले बुधबार आयोजित ‘एलजी फिल्म अवार्ड’ कार्यक्रममा नायिका करिष्मा मानन्धरलाई सम्मान गदै । तस्बिर: रोशन सापकोटा,रासस

l;g]df ;s{n g]kfnn] a'waf/ cfof]lht …PnhL lkmNd cjf8{Ú Úsfo{qmdsf cj;/df ef/tLo nf]s ;efsf PdkL zq'3g l;Gxf åf/f lnlvt k':ts sf] ljdf]rg ub}{ pk/fi6«klt gGbaxfb'/ k'g, alnp8sf cleg]tf zq'3g l;Gxf, g]kfnsf nflu ef/tLo /fhb"t /0flht /fo nufot  . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सिनेमा सर्कल नेपालले बुधबार आयोजित ‘एलजी फिल्म अवार्ड’ ’कार्यक्रमका अवसरमा भारतीय लोक सभाका एमपी शत्रुघन सिन्हा द्वारा लिखित पुस्तक को विमोचन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय लगायत । तस्बिर: रोशन सापकोटा, रासस

pk/fi6«klt gGbaxfb'/ k'gn] l;g]df ;s{n g]kfnn] a'waf/ cfof]lht …PnhL lkmNd cjf8{Ú Úsfo{qmddf nfO{km 6fO{d clrd]0f cjf8{af6 pW4j/fh e66/fO{ ;Ddfg ub} . tl:a/ M /f]zg ;fksf]6f,/f;;

उपराष्ट्रपति नन्दबहादुर पुनले सिनेमा सर्कल नेपालले बुधबार आयोजित ‘एलजी फिल्म अवार्ड’ ’कार्यक्रममा लाईफ टाईम अचिमेण अवार्डबाट उध्द्धवराज भटटराई सम्मान गदै । तस्बिर: रोशन सापकोटा,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *