प्रभु बैंकले पहिलो त्रैमासिकमा २८ करोड रुपैया खुद मुनाफा

Post Date : November 11, 2016 | 4:04 pm

काठमाडौँ, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा २८ करोड २४ लाख ६४ हजार रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २६ करोड १७ लाख १ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले यही असोज मसान्तसम्म ६५ अर्ब २९ करोड ६२ लाख रुपैया निक्षेप संकलन गरी ५१ अर्ब ७४ करोड ५६ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

बैंकले गत आ.व.मा रहेको खराब कर्जामध्ये ३३ करोड २१ लाख ८ हजार रुपैया उठाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *