बजेट मङ्गलबार ल्याइने

Post Date : May 27, 2018 | 6:46 pm

काठमाडौँ, १३ जेठ (रासस) ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्नुहुनेछ ।

नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई मूर्तरुप दिने खालका योजना र कार्यक्रम बजेटमा आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *