बराह क्षेत्रमा रु एक करोड लगानी

Post Date : June 24, 2016 | 4:56 pm

पोखरा, १० असार । लेखनाथ नगरपालिकाको बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न रु एक करोड पाँच लाखको लगानीमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

बराह क्षेत्रमा विश्व बैँकको सहयोगमा पदमार्ग, बस्ने ठाउँ, बनभोजस्थल आदिको निर्माण गरिएको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि आगामी आवमा पहल गरिने उहाँको भनाइ छ ।

बेगनासताल, रुपाताल संरक्ष्ण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकालले बराह क्षेत्रमा मन्दिर निर्माण गर्न सके उक्त ठाउँ धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्नसक्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *