बीकेटीको डिलर मिट सम्पन्न, नयाँ ओटीआर टायर सार्वजनिक

Post Date : May 7, 2018 | 8:48 am

काठमाडौँ, २४ वैशाख । बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको छ । माइनिङ लगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायरलाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो । टिकाउ, शतप्रतिशत पन्चर प्रुफ र तापक्रम प्रतिरोधक सो टायर विभिन्न चार साइजमा उपलब्ध छ । यो सेग्मेन्टमै पहिलो रेडियल टायर रहेको बताइएको छ ।

कार्यक्रममा बीकेटी टायरका मार्केटिङ हेड पी. के. गांगुली तथा डीजीएम रत्नेश सिन्हा र अमल देवले बीकेटी टायरका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए । त्यसैगरी कर्णेल ललित राईले प्रभावकारी सञ्चार र उत्प्रेरणा वारेमा महत्वपूर्ण मन्तव्य दिएका थिए ।

सोही कार्यक्रमको अवसर पारी कम्पनीले आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको छ । सन् २०१७ का लागि बेस्ट डिलरको रुपमा शक्ति टायर एन्ड ट्रेडर्स र निखिल टायर सेन्टर सम्मानित भए । बेस्ट सपोर्टिङ डिलरको रुपमा जयराम टायर हाउस, कृष्ण मन्दिर ट्रेडिङ, नेसनल सप्लायर्स र एभरेष्ट टायरलाई सम्मान गरियो । त्यसैगरी बेस्ट इमर्जिङ डिलरको रुपमा एस. एस. ट्रेडर्स एन्ड सप्लायर्सलाई सम्मान गरियो ।

डिलरहरुलाई कम्पनीका प्रतिनिधि तथा डेल्टा डिष्ट्रिब्युटर्सका सञ्चालकहरु बिनित सिंघानिया, बिक्रम सिंघानिया र विकास सिंघानियाले सम्मानित गरेका थिए ।

बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । अन्य कम्पनीले मास प्रोडक्सनका भेइकलका टायरतर्फ ध्यान दिएको समयमा बीकेटीले सन् ९० को दशकमा यो क्षेत्रमा हात हालेको थियो । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिड क्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् । त्यसैले अलि फरक खाले हेभी गाडी एवं सिमेन्ट र यस्तै प्रकारका अन्य कम्पनीहरुका लागि यी टायर उपयोगी छन् ।

हाल बीकेटीका उत्पादन बिश्वका ५ महादेशका १ सय ३० भन्दा बढी राष्ट्रमा बिक्री वितरण हुन्छन् । इन्डष्ट्रियल, कन्स्ट्रक्सन र एग्रिकल्चरल टायर सेगमेन्टमा बीकेटीका उत्पादन अन्तर्रािष्ट्रय रुपमै ओइएमका रुपमा प्रयोग गर्न रुचाइन्छन् । सन् १९८८ यता यो अफ–हाइवे समाधानका रुपमा उपस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *