ब्रेक्जिट प्रक्रियालाई छरितो बनाउ: ईयू अधिकारी

Post Date : July 13, 2016 | 8:34 am

ब्रसेल्स (बल्जियम), २८ असार । युरोपेली वित्त प्रमुखहरुले मङ्गलबार बेलायतमो नयाँ प्रधानमन्त्रीले बेलायतलाई ईयूबाट बाहिरिने प्रक्रियाको थालनी गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँहरुले ब्रेक्जिट प्रक्रिया जति ढिलो भयो यसबाट कसैलाई पनि फाइदा हुने छैन तर ढिलाइले दुबै समुहको व्यवसायिक विश्वासमा असर पार्नसक्नेछ ।

बेलायतलाई ईयू छाड्ने प्रक्रियालाई छिटो गर्न दबाब दिनका लागि युरोपेली आयोगका आर्थिक प्रमुख पिएरे मुस्कोभिसीले बेलायतकी नयाँ प्रधानमन्त्री टेरेसा मेले बुधबार प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि बेलायतलाई ईयूबाट छुटाउने प्रक्रियालाई शीघ्र बनाउनुपर्ने बताउनुभयो ।

उहाँले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण राजनीतिक प्रक्रियालाई छरितो बनाई अहिले देखिएको अनिश्चिततालाई हटाउनु पर्छ ।

मुस्कोभिसीले ब्रेक्जिटका नकारात्मक असरले स्वभावैले बेलायत अनि ईयू र ईयू सदस्य राष्ट्रको आर्थिक विकासलाई धक्का दिनसक्ने हुँदा यसलाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

फ्रान्सका वित्तमन्त्री मिसेल सापिन, युरो समूह प्रमुख जेरन डिजेलब्लोम लगायतले पनि बेलायत ईयूबाट बाहिरिने प्रक्रियामा ढिलाई गरिन नहुने बताउनुभएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *