रु अठ्ठाइस करोड राजस्व सङ्कलन

Post Date : July 19, 2016 | 5:24 pm

विराटनगर, ४ साउन । गत आवमा जिल्लाका पाँच कार्यालयबाट रु २७ अर्ब ८७ करोड राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालयले रु १६ अर्ब ९० करोड, भन्सार कार्यालयले रु १० अर्ब चार करोड तथा जिल्ला प्रशासन र मालपोत कार्यालयले रु ९१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा जिल्लामा चालु शीर्षकमा ९ प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत रकम फ्रिज गएको छ ।

जिल्लाको ९९ वटा सरकारी कार्यालयमा गत आवको चालु शीर्षकमा रु सात अर्ब रकम मध्ये रु ६ अर्ब ४१ करोड खर्च भएको छ भने रु ५९ करोड खर्च हुन नसकेको कोलेनिकाले जनाएको छ । यस्तै पुँजीगततर्फ रु तीन अर्ब आठ करोड बजेट मध्येबाट रु दुई अर्ब २८ करोड खर्च भएको छ भने रु ८० करोड फ्रिज भएको छ । चालुगत शीर्षकमा रु ५९ करोड र पुँजीगत तर्फ रु ८० करोड गरी रु एक अर्ब ३९ करोड रकम फ्रिज भएकाने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *