सनराइज बैंकद्वारा दार्चुलाको मार्मामा शाखा विस्तार

Post Date : June 4, 2018 | 12:45 pm

काठमाडौँ, २१ जेठ । सनराइज बैंक लिमिटेडले जेठ १८ गते शुक्रबार दार्चुलाकोे मार्मा गाउँपालिका वडा नं ३ मा आफ्नो ८२ औं शाखा बिस्तार गरेको छ । दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य श्रीमती पार्वती सिंह र बैंकका कर्पोरेट बैंकिङ्ग विभागका प्रमुख श्री हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको जानकारी बैंकले प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको समेत जनाएको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाखसम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको जनाएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *