सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

Post Date : May 31, 2018 | 12:39 pm

काठमाडौँ, १७ जेठ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५% वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकको कलंंकी शाखाका ग्राहक श्रीमती शान्ती काउचालाई उपचार खर्च रु. ३५,०९४।– बराबरको रकम बैंकका सहायक महाप्रबन्धक श्री सर्बेन्द्र मिश्रले प्रदान गर्नुभएको प्रेस विज्ञप्तीमार्फत बैंकले जनाएको छ ।

साथै बैंकको नारायणगढ शाखाका ग्राहकद्धय श्री विक्रम अधिकारीलाई उपचार खर्च रु. ७६,८२७।– तथा श्रीमती राधा श्रेष्ठलाई उपचार खर्च रु. ४,०२२।– र राजबिराज शाखाका ग्राहक श्री रामअवतार यादवलाई रु. ४२,१११।– बराबरको रकम प्रदान गरिएको समेत जनाएको छ ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *