सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

Post Date : June 5, 2018 | 1:39 pm

काठमाडौँ, २२ जेठ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइन्छ ।

यसै क्रममा बैंकको भैंसीपाटी शाखाका ग्राहक श्री राजेन्द्र महर्जनको उपचार खर्च रु. ८०,२५६।– बराबरको रकम बैंकका नायब महाप्रबन्धक श्री रविन नेपालले प्रदान गर्नुभएको जानकारी बैंकले प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ्य परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *