सनराइज बैंक लिमिटेडको गोटीखेल शाखा विस्तार

Post Date : June 6, 2018 | 6:49 pm

काठमाडौँ, २३ जेठ । सनराइज बैंक लिमिटेडले आज ललितपुरकोे महाँकाल गाउँपालिका वडा नं ३, गोटीखेलमा आफ्नो ८३ औँ शाखा विस्तार गरेको छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको जानकारी प्रेस विज्ञप्तीमार्फत दिएको छ । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्‍याउने विश्वास लिनुका साथै सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्‍याउने उद्देथ्य लिएको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको समेत जनाएको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाखसम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाएको जनाएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *