सानिमा बैंकका ४ शाखाहरुको उद्घाटन

Post Date : June 1, 2018 | 3:58 pm

काठमाडौँ, १८ जेठ । सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको उद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ तथा ब्याण्ड प्रवद्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठज्यू र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भएको बैंकले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

उद्घाटन समारोहमा बैंकका पूर्व संचालक श्री श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यी शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाएको छ । उद्घाटन समारोहमा मह जोडीले बैंक संचालनमा आएकोमा सम्पूर्ण सेवाग्राहीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो । उद्घाटन समारोहमा स्थानीय नगरपालिका प्रमुख तथा उद्योग वाणिज्य संघका प्रमुखहरुले सानिमा बैंकको सफलताको शुभकामना व्यक्त गर्नुभएको समेत बैंकले जनाएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *