सानिमा बैंकले हकप्रद शेयर बिक्री गर्ने

Post Date : June 21, 2017 | 2:54 pm

काठमाडौँ, ७ असार । सानिमा बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ कित्ता शेयरको आवेदन नपरेकोले गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । उक्त शेयर न्यूनतम प्रति कित्ता रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र यही २०७४ असार १५ गतेदेखि २०७४ असार २२ गते दिनको ३ बजेभित्र बिक्री प्रबन्धक सि.बि.आई.एल. क्यापिटल लिमिटेड, बाटुलेघरमा बुझाइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *