सानिमा लाईफ इन्स्योरेन्सको तीन शाखा नेपालगञ्ज, दाङ र बुटवलमा

Post Date : June 3, 2018 | 3:57 pm

काठमाडौँ, २० जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको नेपालगञ्जमा जेठ १८ गते, दाङ जिल्लाको तुलसीपुरमा जेठ १९ गते र रुपन्देही जिल्लाको बुटवलमा जेठ २० गते छुट्टाछुट्टै तीन नयाँ शाखाहरूको स्थापना गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त शाखाहरूको स्थापना गरिएको जानकारी प्रेस विज्ञप्तीमार्फत जनाएको छ । उक्त शाखाहरूको उद्घाटन कम्पनीका मुख्य प्रबन्धक श्री गणेश चौलागाई लगायत स्थानीय भद्र भलादमीहरू समेतको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको संस्था हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरु (NRN) द्वारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको जनाएको छ । सानिमा बैंकको अत्याधिक लगानी रहेको यस कम्पनीले नेपालीहरmको जीवन वीमा गराई सामाजिक सुरक्षा प्रर्दान गर्दै जनतामा वचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहनु भएका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरmलाई समेत जीवन वीमाको दायरामा ल्याई बचत तथा सामाजिक सुरक्षा प्रदान गरिने जनाएको छ । दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्कको रुपमा संकलन गरी नियमनकारी निकायको लगानी निर्देशिका बमोजिम अत्यधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश विकासको महान कार्यमा लगानी गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको पनि जनाएको छ । यस कम्पनीले शाखा संजाल विस्तार गर्ने कार्य लाई निरन्तरता दिने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *