सिटिजन्स बैंकले आयोजना गरेको तेस्रो फुटसल प्रतियोगितामा एनआइसी एसिया बैंक विजयी

Post Date : April 17, 2017 | 6:57 pm

काठमाडौँ, ४ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आयोजना गरेको तेस्रो अन्तरबैंक फुटसल प्रतियोगितामा एनआइसी एसिया बैंक विजयी भएको छ । कुल १७ वटा वाणिज्य बैंकहरूको सहभागिता रहेको उक्त प्रतियोगिता २०७४ वैशाख २ गतेदेखि ४ गतेसम्म काठमाडौँको कमलादीस्थित युनी ग्लोब कलेजमा संचालन भएको हो । उक्त प्रतियोगितामा एनएमबी बैंक दोस्रो र सिद्धार्थ बैंक तेस्रो भएका छन् । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पहिलो, दोस्रो र तेस्रो हुने टिमका खेलाडीलाई पुरस्कार वितरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *