सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस शेयर दिने

Post Date : February 16, 2017 | 9:30 pm

काठमाडौँ, ५ फागुन । सिद्धार्थ बैंकको १५ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत हकप्रद शेयरलाई पूँजीमा गणना गर्दै ३९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ७४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ४८ करोड ७४ लाख रुपैया खुद मुनाफा गरेको थियो । यो मुनाफा गत आर्थिक वर्षको खुद मुनाफाभन्दा ४८ दशमलब ९६ प्रतिशतले बढी हो ।

बैंकको हाल ६३ वटा शाखा, ८२ वटा एटिएम र ६९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *