सिभिल बैंकको खुद मुनाफा १६ करोड ७३ लाख रुपैयाँ

Post Date : February 11, 2017 | 1:46 pm

काठमाडौँ, २९ माघ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासमा १६ करोड ७३ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन र २९ अर्ब ५० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी उक्त रकम मुनाफा गरेको हो । बैंकको निस्कृय कर्जा अनुपात ४ दशमलब ४५ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ४२ करोड ८० लाख ८३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *