सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : July 26, 2017 | 5:16 pm

काठमाडौँ, ११ साउन । सेन्ट्रल फाइनान्स लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत शेयर जारी गर्ने निर्णय गरेको छ । सेन्ट्रल फाइनान्सको साउन १० गते मंगलबार बसेको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो । हाल फाइनान्सको चुक्ता पूँजी ५२ करोड ६ लाख रुपैयाँ रहेको छ ।

हाल फाइनान्सले २ अर्ब ७३ करोड निक्षेप संकलन र २ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरी १४ करोड २९ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *