स्वेदशी लघुवित्तलाई धितोपत्र बोर्डले दियो साधारण शेयर निष्काशनको स्वीकृति

Post Date : March 21, 2017 | 8:46 am

काठमाडौँ, ८ चैत । सुनसरी जिल्लाको इटहरीमा प्रधान कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई रु.१००।– अंकित दरका ३ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । स्वदेशी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेकोमा संस्थापकहरूको ७० प्रतिशत र सर्वसाधारणहरूको ३० प्रतिशत रहेको छ । सोही ३० प्रतिशत बराबर ३ करोड रुपैयाँको शेयर जारी गर्न स्वीकृति पाएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म २१ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ६ करोड ४४ लाख रुपैयाँ सापटी रहेको छ । त्यस्तै १ अर्ब ५ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *