एनएमबी बैंकको नाफा १ अर्ब रुपैयाभन्दा बढी
Post Date : August 10, 2016 | 11:06 am

काठमाडौं, २६ साउन । एनएमबी बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ६४ अर्ब ७८ करोड १४ लाख रुपैया निक्षेप संकलन, ५३ अर्ब ८ करोड २४ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब १५ करोड ३ लाख रुपैया खुद मुनाफा गरेको छ ।
बैंकले अघिल्लो आ.व. २०७१/७२ को समिक्षा अवधिमा ३६ अर्ब ७२ करोड २९ लाख रुपैया निक्षेप संकलन, २७ अर्ब २८ करोड ८८ लाख रुपैया कर्जा प्रवाह गरी ५० करोड ३८ लाख रुपैया खुद मुनाफा गरेको थियो । बैंकको आ.व. २०७२/७३ मा निष्क्रीय कर्जा १.७४ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड ६९ लाख २४ हजार रुपैया रहेको छ ।