एनबी इन्स्योरेन्सको १ बराबर १ हकप्रद शेयर पारित
Post Date : December 4, 2016 | 1:57 pm

काठमाडौँ, १९ मंसीर । एनबी इन्स्योरेन्स कम्पनीको १८ औं र १९ औं बार्षिक साधारण सभाले १ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुग्ने जारी प्रेस विज्ञप्तीमा जनाएको छ ।
कम्पनीको हाल देशभर १७ शाखा, ५ सम्पर्क कार्यालय र ८ सेवा काउन्टरबाट बिमा सेवा प्रदान गर्दै आएको छ ।