नेपाल क्लियरिङ हाउसमा भरतराज ढकाल
Post Date : June 29, 2017 | 2:05 pm

काठमाडौँ, १५ असार । नेपाल क्लियरिङ हाउस, संचालक समितिको बैठकले विकास बैंक समूहबाट मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाललाई संचालक पदमा नियुक्त गरेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालमा ढकाल अध्यक्ष हुनुहुन्छ । यसअघि डेभलपमेन्ट बैंकर्स एसोसिएसन तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आउनु भएको थियो ।