नेपाल राष्ट्र बैंकद्वारा ट्रेजरी बिल बिक्री
Post Date : June 28, 2016 | 1:02 pm

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले दुईहजार एकसय एकानब्बे करोड रुपैयाको ट्रेजरी बिल बिक्री गरेको छ । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गरेको हो ।
कुल ट्रेजरी बिल मध्ये नौसय करोड रुपैयाको ९१ दिने, बाह्रसय एकानब्बे दशमलब छैयत्तर करोड रुपैयाको ३६४ दिने रहेको छ ।