मेगा बैंकको पुस मसान्तसम्म खुद मुनाफा ३७ करोड ९ लाख रुपैयाँ
Post Date : January 22, 2017 | 2:54 pm

काठमाडौँ, ९ माघ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १ करोड २० लाख रुपैयाँ रहेको छ ।