सहकारीबीच एकीकरण

Post Date : July 6, 2016 | 4:55 pm

नवलपरासी, २२ असार । जिल्लामा चालु आव २०७२÷७३ मा १९ वटा सहकारीबीच एकीकरण भएको छ ।

जिल्लामा अहिलेसम्म ३४ वटा सहकारीबीच एकीकरण भइसकेको छ । नौवटा सहकारीले एकीकरणका लागि स्वीकृति लिएका छन् । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत वासुदेव भट्टराईका अनुसार देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस, लाङ्घाली कृषि ससली, रम्भादेवी साकोस, सनराइज साकोस, सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोसलगायतले एकीकरणका लागि स्वीकृति लिएका छन् ।

यस्तै प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोसले पनि एकीकरणका लागि स्वीकृति लिएका छन् । जिल्लामा ४९३ सहकारी रहेका छन् । दुई सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारीको रु ९८ करोडको सेयर पुँजी रहेको रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

सहकारीले रु तीन अर्ब ६४ करोडको बचत गरेका छन् भने तिनमा रु ८२ करोडको बाह्य लगानी रहेको छ । जिल्लाका सहकारीमा करिब रु १२ अर्बको कारोबार हुन थालेको छ । अहिले देशभरि सहकारी एकीकरणको अभियान चलेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *