एनआइसी एसिया बैंकको नयाँ चार शाखा

Post Date : May 20, 2017 | 2:58 pm

काठमाडौँ, ६ जेठ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा चारवटा नयाँ शाखा खोलेको छ ।

यी शाखामध्ये मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, नयाँपुल कास्की शाखाको उद्घाटन कुलबहादुर गुरुङ, सालझन्डी शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र सैनामैना व्यापार संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रूपमा गर्नु भएको छ । त्यस्तै, रुद्रपुर शाखाको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले गर्नु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १ अर्ब १३ करोड ८७ लाख खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *