रु नौ अर्ब बढीको सेयर कारोबार

Post Date : July 23, 2016 | 7:03 pm

काठमाडौँ, ८ साउन । धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ४९.६४ प्रतिशत बढिरहेको छ । गत साता १५९ कम्पनीको रु छ अर्ब चार करोड ६८ लाख ७४ हजार बराबरका एक करोड एक लाख ६७ हजार ९४० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.८० अङ्कले बढेर ३८७.६५ अङ्कमा आइपुगेको छ । स्कटका अनुसार वाणिज्य बैंक ७०.५६, विकास बैंक २८.५३, वित्त १२.५४, होटल १२.७४, बिमा ३७७.८७ र उत्पादनमूलक २०६.७७ प्रतिशतले सेयर बढेको छ ।

यस्तै जलविद्युत् १७.२३ प्रतिशतले सेयर कारोबारमा कमी आएको तथा व्यापार समूहको कुनै परिवर्तन नआएको स्टकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *