‘अर्थतन्त्रमा सुधार आउन थालेको छ’

Post Date : May 1, 2016 | 7:23 pm

दमौली, १९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताउनुभएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र रु ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी दिनुभयो । मुलुकको आर्थिक वृद्धिदर दुई प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशत वृद्धिदर पु¥याउने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो ।

घरखेत बाझो राखेर युवा विदेशिएपछि वार्षिक रु आठ अर्ब भन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उहाँले बताउनुभयो । अहिले पुनःनिर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहयोग पु¥याउने भनाइ गभर्नर नेपालको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । छ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी रु ६ अर्ब १६ करोड रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *