आइएमई डिजिटल सोलुसन र सक्षमबीच मोबाइल बैंकिङ सेवासम्बन्धी सम्झौता

Post Date : February 24, 2017 | 12:00 pm

काठमाडौँ, १३ फागुन । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) को सहायक कम्पनी आइएमई डिजिटल सोलुसन र सक्षमबीच मोबाइल बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सक्षमका टिम लिडर बलजित बोहराले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि हाल नेपालभर आइएमईको रेमिट्यान्स सेवा लिइरहेका ६ लाखभन्दा बढी घरपरिवारका सदस्य र रेमिट्यान्स क्षेत्र बाहिरका उपभोक्तालाई समेत मोबाइलमा आधारित वालेट सेवा उपलब्ध गराउने लक्ष्य रहेको आइएमईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *