आजदेखि एनएमबी बैंकको सिइओ सुनिल के.सी.

Post Date : March 14, 2017 | 10:57 am

काठमाडौँ, १ चैत । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सुनिल के.सी.ले आज चैत १ गतेदेखि सम्हाल्ने भएका छन् । तत्कालीन सिइओ उपेन्द्र पौड्यालको कार्यकाल फागुन ३० गते सकिएपछि के.सी.ले सो पद आजबाट सम्हाल्ने छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका के.सी. ९ वर्षअघि नायब महाप्रबन्धमा एनएमबी बैंकमा नियुक्त हुनु भएको थियो । नियुक्त भएको एकवर्षपछि अर्थात सन् २०१० मा बैंकमा डेपुटी सिइओमा बढुवा हुनु भएको थियो ।

एनएमबी बैंकमा नियुक्त हुनुअघि उहाँ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा कार्यरत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *