एडवार्ड मायासँग झुम्दै

Post Date : March 25, 2016 | 10:28 am

चैत्र १०, २०७२- सहरका तन्नेरीले यसपटक रोमानियाका डीजे एडवार्ड मायासँग होली मनाउने अवसर पाए । एमएन्डएसले गोकर्ण रिसोर्टमा गरेको होली विशेष कार्यक्रममा एडवार्डले सयौं युवायुवतीलाई मात्रै नचाएनन्, आफैंसमेत रंगिएर होलीको मज्जा लिए । नेपाली होली मनाउन डीजे एडवार्ड शुक्रबार अपराह्न काठमाडौं उत्रेका थिए ।

एडवार्डले २००९ मा सार्वजनिक गरेको ‘स्ट्रेरियो लभ’ विश्वभर हिट लिस्टमा परेको गीत हो । बिलबोर्डले सन् २०११ मा जारी गरेको डान्स इलेक्ट्रोनिक डिजिटल संगीतमा उनको यो गीत लेडी गागालाई उन्छिन्दै उत्कृष्ट दुई नम्बरमा परेको थियो ।

एडवार्डको कार्यक्रममा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, अभिनेत्री आना शर्मा लगायतका कलाकार पनि उपस्थित थिए ।

प्रकाशित: चैत्र १०, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *