एनएमबि बैंकलाई आस्बाको स्वीकृती

Post Date : January 16, 2017 | 1:10 pm

काठमाडौँ, ३ माघ । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आस्बा (Application Supported by Blocked Amount) सेवा प्रदान गर्न धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । यस प्रविधिबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र शेयर परे पश्चातको रकम मात्र रोक्का रकमबाट काटिने भएकाले लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसले शेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *