एनएमबी बैंकको छैटौँ हेरिटेज वाक

Post Date : April 23, 2017 | 1:33 pm

काठमाडौँ, १० वैशाख । एनएमबी बैंकले छैटौँ हेरिटेज वाक आयोजना गरेको छ । बैंकले काठमाडौँ महानगरपालिकाको सहकार्यमा छैटौँ हेरिटेज वाकको आयोजना गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत पाँच वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । हेरिटेज वाकको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख इश्वरराज पौडेल, परातत्व विभागको प्रमुख भेषनारायण दाहाल, बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *