एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर दिने

Post Date : April 17, 2017 | 6:37 pm

काठमाडौँ, ४ वैशाख । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिले गत आर्थिक वर्ष २०७२/७३ को मुनाफा २ करोड ८१ लाख रुपैयाँ मध्येबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । सो बोनस शेयर बीमा समितिबाट र वार्षिक साधारण सभाबाट पारित भएमा कार्यान्वयनमा आउनेछ ।

एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा २ करोड ७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने जगेडा कोषमा १४ करोड २० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *