कन्काई विकास बैंकले हकप्रद शेयर जारी गर्ने

Post Date : May 6, 2017 | 4:23 pm

काठमाडौँ, २३ वैशाख । कन्काई विकास बैंकले १ बराबर २ दशमलब १४ ले ३२ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा २०७४ वैशाख १० गते स्वीकृतिको लागि निवेदन दिएको छ ।

बैंकको झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको छ । बैंकले आफ्नो १२ वटा शाखामार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

बैंकले २०७३ चैत मसान्तसम्म १ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन र १ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ४ करोड ९५ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी १५ करोड रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ४ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *