हावाहुरीले चारसय बिघाको बाली नष्ट

Post Date : May 19, 2017 | 8:43 am

बनियानी (झापा), ५ जेठ । गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ ।

जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा मकै र अन्य ९० बिघामा लगाइएको बाली नष्ट भएको जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले क्षतिको यकिन विवरण लिन प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको बताउनुभयो ।

हावाहुरी प्रभावित क्षेत्रका घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा सशस्त्र प्रहरी बल बैगुनधुराले १६० थान त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

हावाहुरीले गौरादह, शिवसताक्षी, कमल गाउँपालिका र गौरीगन्जका करिब २०० वटा घरमा पूर्णरूपमा र करिब ३०० घरमा आंशिक क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीका कारण १७ जना घाइतेसमेत भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *