कैलाश विकास बैँकको नामबाट एकीकृत कारोवार सुरु

Post Date : May 30, 2016 | 10:59 am

काठमाडौं, १७ जेठ । कैलाश विकास बैँक, मेट्रो डेभलपमेन्ट बैँक र नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड एक आपसमा मर्ज भई आज २०७३ जेठ १७ गतेदेखि कैलाश विकास बैँकको नामबाट एकीकृत कारोवारको नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्नुहुने कार्यक्र रहेको छ । मर्जर पछि बनेको कैलाश विकास बैँकको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै निक्षेप १५ अर्ब रुपैयाँ र कर्जा प्रवाह १३ अर्ब रुपैयाँ रहेको छ । मर्जर हुँदा कैलाश विकास बैँकको १०० कित्ता बराबर मेट्रो डेभलपमेन्ट बैँकको ८६ कित्ता र नेपाल एक्सप्र्रेस फाईनान्स लिमिटेडको ८५ कित्ता शेयरको स्वाप रेसियो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *