गणपति माइक्रोफाइनान्सका थप दुई शाखा संचालनमा

Post Date : June 12, 2017 | 5:11 pm

काठमाडौँ, २९ जेठ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मिति २०७४ जेठ २९ गते भानु नगरपालिका–६, तुरतुरे, तनहुँ तथा धुनिबेशी नगरपालिका–६, धार्के, धादिङ्गमा दुई वटा शाखा कार्यालयहरू संचालनमा ल्याएको छ ।

शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गर्नु भएको थियो । योसँगै यस वित्तीय संस्थाको शाखा संख्या १३ पुगेको छ । साथै यसै आर्थिक वर्षभित्र थप शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको समेत प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको थियो ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त वित्तीय संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *