गोर्खाज फाइनान्सको नयाँ शाखा पाँचथरको रविमा

Post Date : April 30, 2017 | 8:18 pm

पाँचथर, १७ वैशाख । गोर्खाज फाइनान्स लिमिटेडले पाँचथर जिल्लाको रवि बजारमा आफ्नो ११ औँ शाखा विस्तार गरी कारोवार शुरु गरेको छ । शाखाको उद्घाटन मिख्लाजुङ गाउँपालिकाका कार्यकारी अधिकृत अरुण राई र गोर्खाज फाइनान्सका अध्यक्ष महेन्द्रलाख राईले संयुक्त रूपमा गर्नु भयो ।

रविमा चिया, अलैंची, अदुवा, अम्रिसो जस्ता नगदे बालीको प्रशस्त उत्पादन हुने भए पनि बैंक तथा वित्तीय संस्थाको अभावमा बैंकिङ कारोवार गर्न यहाँका बासिन्दा इलाम तथा दमकसम्म पुग्नु पर्ने वाध्यता गोर्खाज फाइनान्सको शाखा स्थापनापछि अन्त्य भएको जनाएको छ ।

हाल गोर्खाज फाइनान्सले ३ अर्ब ५३ करोड निक्षेप संकलन र ३ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको ५७ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म ८० करोड रुपैयाँ पुरयाउनु पर्ने निर्देशन गोर्खाज फाइनान्सले ८६ करोड ७९ लाख रुपैयाँ असार अगावै पुरयाउने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *