ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा बाग्लुङ र अर्घाखाँचीमा

Post Date : August 1, 2016 | 2:18 pm

काठमाडौं, १७ साउन । ग्लोबल आइएमई बैंकले बाग्लुङको भीमगिठेमा र अर्घाखाँचीको ठूलापोखरामा शाखारहित बैंकिङ सेवा स्थापना गरी संचालनमा ल्याएको छ । यो सहित बैंकका शाखारहित बैंकिङ सेवा खंख्या ४२ पुगेको छ । त्यस्तै बैंकले ९१ शखा, १०० एटीएम, १० राजस्व संकलन काउण्टर, ६ एक्सटेन्सन काउण्टर मार्फत ६ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले आ. व. २०७२/७३ मा ७४ अर्ब ६८ करोड २९ लाख रुपैंया निक्षेप संकलन र ६० अर्ब ८४ करोड १३ लाख रुपैंया कर्जा प्रवाह गरी १ अर्ब ३८ करोड ६६ लाख रुपैंया खुद मूनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *