ज्योति विकास बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

Post Date : April 11, 2017 | 8:48 am

काठमाडौँ, २९ चैत । ज्योति विकास बैंक सोक्रेटिस कमिटी, अक्सफोर्ड, बेलायतले बेस्ट इन्टरप्राइज अवार्ड प्राप्त गर्न सफल भएको छ । ज्योति विकास बैंकलाई नेपालको बैंकिङ्ग क्षेत्रको उत्कृष्ट संस्था घोषित गरिएको थियो । त्यस्तै उक्त समारोहमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवलाई म्यानेजर अफ द इयरद्वारा समेत सम्मान गरिएको छ । लण्डनमा आयोजित समारोह इन्स्टिच्युट अफ डाइरेक्टर्स र युरोपियन बिजनेस एसेम्ब्लीले संयुक्त रूपमा आयोजना गरेका थिए । समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *