अमेरिकाकोे व्यापार प्रतिबन्ध अन्त्य गर्न क्युबाका युवाको माग

Post Date : October 19, 2016 | 3:16 pm

हवाना (क्युबा), २ असोज । क्युबाको उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयमा पढ्ने विद्यार्थीले अमेरिकाकोे व्यापार प्रतिवन्ध अन्त्य गर्न सोमबार माग गरेका छन् ।

आधा दशकदेखि जारी रहेको अमेरिकी प्रतिवन्धले करोडौँको आय तथा उत्पादन गुमेको उनीहरुको भनाइ रहेको छ ।

विश्वविद्यालय विद्यार्थी महासङ्घले प्रतिवन्ध हटाउनका लागि संयुक्त राष्ट्रसङ्घ लागयतलाई दवाव सृजना गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले यस्तो माग गरेका हुन् ।

गतबर्ष राष्ट्रसङ्घको महासभामा कुल १९१ देशमध्ये अमेरिका र इजरायलले व्यापार प्रतिवन्ध हटाउन हुँदैन भन्ने पक्षमा मतदान गरेका थिए, भने अरु सबै दशले हटाउनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

क्युबाका विद्याथीले दवाव स्वरुपमा प्रतिबन्धको पक्ष र विपक्षमा मतदान गर्न सकिनेगरी अनलाइन मतदान गर्ने पनि व्यवस्था गरेका छन् ।

सोमबार विहानसम्म सत्र हजार २६८ जनाले सो अनलाइनमा मतदान गरेका बताइएको छ ।

विद्यार्थीले यस्तै विभिन्न सृजनात्मक उपायको प्रयोग पुरानो प्रतिबन्धका विरुद्धमा अभियान चलाएका छन् । रासस/सिन्ह्वा (Photo: Xinhua/Joaquin Hernandez)

Leave a Reply

Your email address will not be published. Required fields are marked *