नेपाल बंगलादेश बैंकलाई हकप्रद शेयर निष्काशनको अनुमति

Post Date : March 1, 2017 | 8:41 am

काठमाडौँ, १८ फागुन । नेपाल बंगलादेश बैंकको २२ औँ बार्षिक साधारण सभाबाट १० बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय बमोजिमको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकको रु १००/– अंकित दरका ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १ करोड १७ लाख रुपैयाँ छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ४१ अर्ब ३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ३६ अर्ब २० करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ९९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब १९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *